scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

अश्लील गाली गरेपछि मुख्यमन्त्री राउत र मन्त्री साह विवादमा

जनकपुरधाम, ६ साउन । प्रदेश २ का मुख्यमन्त्रीदेखि केही मन्त्रीसम्मले सार्वजनिक स्थल एवं सञ्चार माध्यममा समेत अश्लील भाषा प्रयोग गर्ने गरेका छन् ।

केही समयअघि प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो पद र गरिमाको समेत ख्याल नगरी सार्वजनिक स्थानमा अपशब्द प्रयोग गरेका थिए । मुख्यमन्त्री राउतले एउटा युट्यूब च्यानलमा अन्तरवार्ताको क्रममा अपशब्द प्रयोग गरेका हुन् ।

त्यस्तै समाजिक विकास मन्त्री नवलकिशोर साहले समेत केही दिनअघि सार्वजनिक स्थलमा पदीय मर्यादा नाघेर टिप्पणी गरेका थिए । साहले मन्त्रालयको कुर्सीमा नै बसेर जथाभावी गालगलौज गरेको भिडियो सार्वजनिक भएको छ ।

यता प्रदेश सरकारले अँगालेको सुशासन, पारदर्शीता र भ्रष्टचारमा शून्य सहनशीलता नीतिविपरीत मुख्यमन्त्रीदेखि मन्त्रीहरु काम गर्न थालेका छन् ।

प्रदेश सरकारले गर्ने गरेको अनाधिकृत क्रियाकलापको पत्रकारहरुले निरन्तर खोज खबर गरेर सार्वजनिक गरेपछि मुख्यमन्त्रीदेखि मन्त्रीहरु सञ्चारमाध्यम र पत्रकारहरुप्रति आक्रामक भएका छन् ।

छिल्लो सममयमा उनीहरुको गलत गतिविधिको भण्डाफोर हुन थालेपछि  उनीहरुले सार्वजनिक स्थलमा समेत पत्रकारहरुलाई गालीगलौज गर्दै हिँड्ने गरेका छन् । आफूहरुमाथि धम्की समेत आएको पत्रकारको भनाइ छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage