scheduleआइतवार भाद्र १ गते, २०७६

सरकारविरुद्ध सडक र सदन चर्काउने देउवाको चेतावनी

काठमाण्डाैं, ६ साउन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध सदन र सडक तताउने चेतावनी दिएका छन् ।

बीपी जयन्तिको अवसर पारेर शहीद स्मृति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले प्रजातन्त्रमाथि निरन्तर प्रहार गरी रहे सरकारविरुद्ध आफूहरु सदन र सडक चर्काउन बाध्य हुने बताएका हुन् ।

सभापति देउवाले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी विधेयक परिमार्जन नगरे संसद बैठक नै अवरुद्ध पार्ने पार्टीको अडान रहेको समेत स्पष्ट पारे ।

सभापति देउवाले बीपी कोइरालाले मुलुकको राष्ट्रियता र सामाजवादका लागि प्रजातन्त्रलाई अनिवार्य सर्तका रुपमा अघि सारेको उल्लेख गर्दै त्यही मान्यताबाट अघि बढ्दा मात्रै देशमा समृद्धि आउने विश्वास पनि व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले बीपी कोइरालाले कम्युनिष्टहरुको अधिनायकवादी शासनविरुद्ध प्रजातान्त्रिक समाजवादी विचारधारालाई अघि सारेको बताएका थिए ।

बीपी कोइरालाको समाजवादी विचारधाराकै बाटोबाट मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रलाई अघि बढाउन सकिने निधिको भनाइ थियो ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage