scheduleआइतवार मंसिर २२ गते, २०७६
Bajaj
Global IME Bank

पूँजी बजारमा आज हरियाली छायो

काठमाडौं, ६ साउन । साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से दुुई दशमलव ४८ अंकले बढेर १२ सय ७१ दशमलव २३ भएको छ । साथै सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव १९ अंकले बढेर दुई सय ७३ दशमलव ५० अंकमा चढेको छ ।

आज एक सय ६६ कम्पनीहरुको चार हजार तीन सय ८१ वटा कारोबारमा १० लाख ८४ हजार पाँच सय ५३ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम ३१ करोड ६६ लाख ४३ हजार चार सय २१ रुपैयाँ पुगेको छ ।

एघार वटा समूहको कारोबार भएकोमा आज सोमबार नौ वटाको कारोबार सूचक बढेको छ भने ३ वटाको घटेका छ । यीमध्ये वाणिज्य बैक समूहको सूचक दुुई दशमलव ३४ अंकले बढेर ११ सय ४७ दसलव ७७ अंकमा पुगेको छ । त्यस्तै विकास बैंक समूहको सूचक १.७ अंकले बढेर १६ सय २९ दशमलव ३० अंकमा चढेको छ ।

यता जलविद्युत समूहको सूचक  पाँच दशमलव ७३ अंकले बढेर १२ सय १२ दशमलव ६८ अंकमा चढेको छ । लघुबित्त, होटल, फाईनान्स, उत्पादनमूलक र अन्य समूहको सुचक समेत बढेको छ ।

तर निर्जिवन बीमा समूहको सूचक भने आज २१ दशमलव ८३ अंकले घटेर पाँच हजार ६९ दशमलव ३८ अंकमा पुगेको  छ । यसैगरी जीवन बीमा र सामूहिक लगानी कोष समूहको सुचक पनि घटेको छ ।

आजको कारोबारबाट कमाउने कम्पनीहरुमा एनएमबी माईक्रो फाईनान्स बित्तीय संस्था, सर्पोट माईक्रो फाईनान्स बित्तीय संस्था आदि छन् । गुमाउने कम्पनीहरुको सूचीमा महुली सामुदायिक लघुबित्त बित्तीय संस्था, सर्पोट माईक्रो फाईनान्स आदि रहेका छन् ।

 

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage