scheduleबुधवार भाद्र ४ गते, २०७६

कांग्रेसद्वारा २३ नेता-कार्यकर्ता निष्कासन

फाइल फोटो

काठमाडौँ, ६ साउन । नेपाली कांग्रेसले स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई असहयोग गरेको भन्दै २३  नेता-कार्यकर्तालाई निष्कासन गरेको छ।

अनुशासन समितिले निर्वाचनमा पार्टीका आधिकारिक उमेदवारलाई असहयोग गरेको भन्दै २३ जना नेता-कार्यकर्ताहरु  निष्कासन गरेको हो ।

निर्वाचनमा पार्टीको आधिकारिक उमेदवारविरुद्ध वागी उमेदवार बनेका, निजका प्रस्तावक र समर्थक तथा अन्य पार्टीमा गई विभिन्न तहमा उमेदवारी दिएका नेता तथा कार्यकर्ताहरुलाई पार्टीको विधान बमोजिम कारबाही गरिएको  समितिका संयोजक भीष्मराज आङ्दम्बेले जानकारी दिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage