scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

भारतले चन्द्रमा तर्फ अत्याधुनिक यान पठायो

एजेन्सी, ६ साउन । भारतले सोमबार चन्द्रमा तर्फ आफ्नो अन्तरिक्ष यान ‘चन्द्रयान–२’ प्रक्षेपण गरेको छ।

भारतको अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले चन्द्रयान-२लाई आज सोमबार स्थानीय समय अनुसार दिउँसो २ :४३ बजे प्रक्षेपण गरेको हो। यसअघि जुलाई १५ मा चन्द्रयान–२ लाई प्रक्षेपण गर्ने तयारी भएको थियो । तर प्राविधिक कारणले प्रक्षेपण स्थगित भएको थियो ।

चन्द्रयान-२ हालसम्म कुनै पनि यान नउत्रेको चन्द्रमाको दक्षिणी ध्रुवमा सेप्टेम्बरको पहिलो हप्ता अवतरण गर्नेछ। वैज्ञानिकका अनुसार चन्द्रमाको दक्षिणी ध्रुव निक्कै जटिल किसिमको रहेको छ।  उक्त क्षेत्रमा पानी तथा जीव हुन सक्ने उनीहरुको अनुमान छ ।

चन्द्रयान-२ अभियानका लागि इसरोले १५० मिलियन अमेरिकी डलर खर्च गरेको छ । चन्द्रयान–१ को सफलता पछि इसरोले चन्द्रयान–२ मा काम गर्न थालेको थियो । भारतीय अन्तरिक्ष कार्यक्रममा यो अभियानलाई लागि निकै महत्वका साथ हेरिएको छ ।

चन्द्रयान-२ मार्फत् चन्द्रमामा रहेको जल र मानव जीवनको सम्भावनाबारे नजिकबाट अध्ययन हुने भारतीय वैज्ञानिकले बताएका छन् । उनीहरुले चन्द्रमा तर्फको ऐतिहासिक यात्रा भएको बताएका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage