scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

वैद्य भन्छन्- सत्तारुढ नेकपा भोगविलासमा डुब्यो, ओली-प्रचण्ड कम्युनिष्ट नै होइनन्

फाइल फोटो

काठमाडौं, ६ साउन । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले सत्तारुढ नेकपा भोगविलासमा अल्झनु दु:खद भएको बताएका छन् ।

सोमबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले सत्तारुढ नेकपा निजी स्वार्थ र भोगविलासमा चुर्लुम्म डुबेको टिप्पणी गरेका हुन् । वर्तमान सरकार पुरानै यतास्थितिवादीको सरकार रहेको भन्दै उनले केपी ओली र प्रचण्ड नेतृत्वको नेकपा कम्यूनिष्ट पार्टी नरहेको टिप्पणी गरे ।

त्यस्तै वर्तमान संविधान अपाङ्ग रहेको समेत  वैद्यको भनाइ छ । संविधानले सुनिश्चित गरेका विभिन्न अधिकारहरुलाई अपाङ्ग बनाएर राज्य अघि बढिरहेको र  निरिह संघीय व्यवस्था लाद्न खोजेको आरोप समेत उनले लगाए ।

वैद्यले जनयूद्ध, जनआन्दोलन, मधेश आन्दोलन, जनजाति आन्दोलन लगायतका विभिन्न चरणमा भएको आन्दोलनको मर्म विपरित संविधान ल्याउनु दुर्भाग्यपूर्ण रहेको पनि बताए ।

सरकारले विप्लव नेकपामाथि प्रतिबन्ध लगाएर अलोकतान्त्रिक रवैया अपनाएको र ‌‌ओली-प्रचण्डहरु कम्युनिष्ट नभएको वैद्यको टिप्पणी थियो ।

‘कम्यूनिष्ट पार्टीको सरकार भएको भए लोकतान्त्रिक मूल्य मान्यतालाई ख्याल गर्दै अभिव्यक्ति तथा वाक स्वतन्त्रता, राजनीतिक दल माथिको प्रतिबन्ध लगायतका गलत कार्य ओली–प्रचण्ड सरकारले गर्ने थिएन’, वैद्यले भने ।

यद्यपि उनले विप्लब नेकपाको कार्यदिशा नै अलमल र अस्पष्ट रहेकोको बताए ।  यसलाई विप्लवले प्रष्ट्याउन जरुरी रहेको उनको भनाई छ ।

वैद्यले जनआन्दोलन, मधेस आन्दोलन लगायत चरणबद्ध आन्दोलनमा उठेका मुद्दाहरुलाई नेकपा क्रान्तिकारी माओवादीले नयाँ ढंगले अगाडि  बढाउने समेत बताए ।

त्यस्तै अहिलेको अवस्थामा हतियारबद्ध आन्दोलन आवश्यकता नरहेकोले परिस्थति अनुसारको सबै वर्ग, लिंग समुदायलाई समेटेर नयाँ उचाईका साथ आन्दोनलको आवश्यकता रहेकोले सोको तयारीमा आफूहरु लागेको बताए ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage