scheduleबिहिवार भाद्र ५ गते, २०७६

हङकङ आईडी विवादमा मनप्रसादको हत्या गर्ने कुमार २० वर्षपछि पक्राउ

पोखरा, ६ साउन । बीस वर्षअघि कास्कीको अन्नपूर्ण गाउँपालिका-११ घान्द्रुकमा भएको हत्याकाण्डका दोषी पक्राउ परेका छन् ।

उक्त हत्याकाण्डका दोषी कुमार गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको हो । प्रहरीले कुमारलाई घान्द्रुकस्थित उनकै निवासबाट साउन ५ गते पक्राउ गरेको थियो ।

वि. स २०५६ माघ ४ गते मनप्रसाद र कुमारबीच हङकङ आइडीलाई लिएर विवाद भएको थियो । विवाद बढ्दै गएपछि कुमारले मनप्रसाद गुरुङमाथि धारिलो हतियार प्रहार गरेका थिए । कुमारले प्रहार गरेको चोटबाट मनप्रसाद गम्भीर घाइते भएका थिए। त्यसको भोलिपल्ट नै उनको मृत्यु भएको थियो।

कुमार घटनालगत्तै फरार भएका थिए । कुमार २ वर्षसम्म म्याग्दीमा लुकिछिपी बसेको र त्यसपछि १४ वर्षसम्म भारतमा रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार कुमार ४ वर्षदेखि कास्कीमै रहँदै आएको अनुमान छ। पक्राउ परेका कुमारलाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको प्रवक्ता केसीले जानकारी दिए ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage