scheduleसोमवार भाद्र २ गते, २०७६

हिंसात्मक गतिविधि त्यागेपछि मात्रै विप्लव समूहसँग वार्ता हुन्छ : रक्षामन्त्री पोखरेल

काठमाडौं, ६ साउन । सत्तारुढ नेकपाका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले वार्तापूर्व विप्लव समूहले हिंसात्मक गतिविधि त्याग्नु पर्ने बताएका छन् ।

सोमबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री पोखरेलले यस्तो बताएका हुन् । हतियार व्यवस्थापन र हिंसात्मक गतिविधि बारे निर्णय नभए सम्म विप्लव माओवादी समूहसँग औपचारिक वार्ता नहुने उनको भनाइ छ ।

उपप्रधानमन्त्री पोखरेलले सरकारले विप्लव माओवादीसँग वार्ता गर्न औपचारिक वार्ता टोली नबनाएको समेत प्रस्ट पारे । तर विभिन्न राजनैतिक समूहसँग वार्ता गर्न बनाइएको टोलीले अनौपचारिक वार्ता गरिरहेको ‍पोखरेलले बताए ।

सरकारी तहबाट ‌‌औपचारिक रुपमा वार्ता नै शुरु नभएकोले वार्ता बिथिलिने भन्ने प्रश्न नै नभएको समेत पोखरेलको भनाइ थियो ।

त्यस्तै उपप्रधानमन्त्री पोखरेलले संसदीय विधि र प्रक्रिया अनुसार सरकारले संसदमा ल्याएको विधेयक ल्याउन दिन्न भन्नु संसदीय व्यवस्थाविपरीत हुने बताए । यदि आफूहरुले ल्याएको विधेयक गलत र राष्ट्रघाती भए आवधिक निर्वाचनमा जनताले दिने सजाय भोग्न तयार रहेको धारणा पोखरेलको थियो ।

नेकपाको सचिवालय सदस्य समेत रहेका पोखरेलले पार्टी एकीकरणका कार्यहरु अझै बाँकी रहेको बताएका । चाँडै नै केन्द्रीय विभाग, जनवर्गीय संघ-संगठन र आयोगहरुको इन्चार्ज तोकिने समेत उनको भनाइ थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage