scheduleआइतवार भाद्र ८ गते, २०७६

रोनाल्डोलाई राहत, बलात्कारको आरोप खारेज

काठमाडौँ, ७ साउन । युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई राहत मिलेको छ । अमेरिकामा एकजना युवतीले उनलाई बलात्कारको आरोप लगाएकी थिइन् । मिडिया रिपोर्टका अनुसार उनमाथि कुनै पनि मुद्धा लगाइने छैन ।

क्याथरिन मायोर्गाले रोनाल्डोमाथि आफुलाई यौन हिंसा गरेको आरोप लगाएकी थिइन् । सन् २००९ मा लस भेगसमा रोनाल्डोले आफुमाथि जबरजस्ती गरेको भन्दै रहस्य बाहिर ल्याएकी थिइन् ।

उनीमाथि लगाइएको आरोप पुष्टि गर्ने कुनै पनि प्रमाण नभएका कारण सबै आरोपहरु खारेज गरिएको बताइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage