scheduleआइतवार भाद्र ८ गते, २०७६

आर्सनलले यस सिजन पनि स्टार खेलाडी अनुबन्ध गर्न चाहेन

काठमाडौँ, ७ साउन । यस सिजन आर्सनलले नयाँ खेलाडी अनुबन्ध गर्न खासै चासो देखाएको छैन । मिडिया रिपोर्टका अनुसार आर्सनलले खेलाडी किन्नका लागि ४० मिलियन पाउण्ड बजेट छुट्याएको थियो ।

तर, हालसम्म कुनै पनि चर्चित खेलाडी अनुबन्ध गर्न सकेको छैन ।

आर्सनलका प्रशिक्षक उनरी इमरीले आर्सनललाई अर्को स्तरमा पुर्याउन सक्ने खेलाडीमात्र अनुबन्ध गर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘आर्सनललाई स्टार खेलाडीभन्दा पनि आर्सनललाई नयाँ उचाईमा पुर्याउने खेलाडीको आवश्यकता छ । अनावयश्क खर्च गरेर क्लबलाई भार बनाउने नियत मेरो छैन ।’

गएको सिजन आर्सनलले पाँचौँ स्थानमा चित्त बुझाएको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage