scheduleबुधवार भाद्र ४ गते, २०७६

‘मैले रियल मड्रिडमा रहेका खेलाडीको अपमान गरेको छैन’

काठमाडौँ, ७ साउन । रियल मड्रिडका प्रशिक्षक जिनेदान जिदानले आफुले कुनै पनि खेलाडीलाई अपमान नगरेको बताएका छन् । ग्यारेथ बेलसँगको विवादका कारण उनी पछिल्लो समय आलाचित बन्दै आइरहेका छन् ।

उनले बेललाई क्लब छोड्न आग्रह गरेका थिए । उनी आफ्नो योजनामा नरहेको र तत्काल क्लब छोड्न समेत भनेका थिए ।

उनले भनेका छन्,’विशेषः रियलका खेलाडीलाई मैले अपमान गरेको छैन । यस सिजन जो खेलाडी मेरो योजनामा छन् उनीहरुबारे म प्रष्ट रहेको छु । योजनामा नहुने खेलाडीलाई सिजन अगावै सम्पुर्ण कुरा भनिसकेको छु ।’

मिडिया रिपोर्टका अनुसार बेल चिनियाँ क्लब जाने तरखरमा रहेका छन् । जिदानका कारण क्लब छोड्न बेल बाध्य भएको बताइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage