scheduleआइतवार भाद्र १ गते, २०७६

चेल्सीमा विलियनलाई १० नम्बर जर्सी

काठमाडौँ, ७ साउन । इडिन हजार्ड चेल्सी हानिएपछि चेल्सीको १० नम्बरको जर्सी ब्राजिली स्टार विलियनलाई दिइने भएको छ ।

चेल्सीमा १० नम्बरको हकदार को भन्ने चर्चा चलिरहँदा क्लबले यसको जिम्मेवारी विलियनले लिनुपर्ने विश्वास देखाएको हो ।

‘क्लबले १० नम्बरको जर्सी अर्को सिजनका लागि मलाई दिने निर्णय गरेको छ ।’ विलियनले भनेका छन् ।

चेल्सीले विलियनलाई १० नम्बर जर्सीका लागि प्रस्ताव गरेको थियो । उनले प्रस्ताव स्विकार गर्दै लण्डन क्लबमै करियर अघि बढाउन चाहेका छन् ।

विलियन पनि क्लब छोड्न सक्ने सम्भावना रहेको बताइएको थियो तर, क्लबले दिएको जिम्मेवारीसँगै उनी क्लबमा नै रहन सक्ने सम्भावना बढेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage