scheduleबिहिवार भाद्र ५ गते, २०७६

नेपालले दियो कतारलाई १२३ रनको लक्ष्य

काठमाडौँ, ७ साउन । नेपालले टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको अन्तिम चरणको प्रतियोगितामा कतारविरुद्ध झुर व्याटिङ गरेको छ । कतारलाई १२३ रनको लक्ष्य दिएको नेपालका लागि व्याट्सम्यानले खासै गतिलो खेल प्रदर्शन गर्न सकेनन् ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सबै विकेटको क्षतिमा १२२ रनमात्र जोड्यो ।

नेपालका लागि कप्तान पारस खड्काले २८ रन, ज्ञानेन्द्र २३ रन, दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३४ रन जोडे ।

त्यस्तै, सोमपाल कामीले ११ र सन्दीप लामिछानेले ९ रन बनाए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage