scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

टी-२० विश्वकप छनोट : पहिलो खेलमा नेपालको अनपेक्षित हार

काठमाडौं, ७ साउन । आईसीसी टी-२० एसिया विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले कतारसामु निर्धारित २० ओभरमा अल आउट हुँदै १२३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । कतारले उक्त लक्ष्य १९. २ बलमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।

जवाफी ब्याटिङमा आएको कतारले सुरुमै एक विकेट गुमाए पनि त्यसपछिका ब्याट्सम्यानहरुले धैर्यतापूर्वक खेले । इनाम उल हकले ३२ बलमा ४२ रन बनाउँदै टिमलाई जिततर्फ अघि बढाएका थिए । उनी रन आउट भएपछि भने टिम केही दवावमा आएको थियो । एक समय २ विकेट क्षतिमा ६८ रन बनाएको कतारले ९९ रनमा ६ विकेट गुमायो । तर, त्यतिबेलासम्म नेपाललाई निकै ढिला भइसकेको थियो । मोहम्मद रिजवान र नोउवान सरवारले कतारलाई चार बल बाँकी छँदा जित दिलाए ।

नेपालका बलरहरुमा सन्दिप लामिछानेले ३ विकेट लिए पनि खर्चिला भए । उनले ४ ओभरमा ३३ रन दिए । बाँकी एक विकेट करण केसीको नाममा रह्यो ।

नेपालका लागि युवा खेलाडी दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रनको योगदान दिए । नोउमान सनवरले १९ ओभरको तेस्रो बलमा बोल्ड आउट गर्नुअघि दीपेन्द्रले ३५ बलमा समान १ चौका र छक्का प्रहार गरे ।

नेपालले पहिलो विकेटका रुपमा कप्तान पारस खड्कालाई छैटौं ओभरको अन्तिम बलमा २८ रनमा गुमाएको थियो । इनवम उल हकको बलमा ठूलो सर्ट खेल्ने धुनमा क्याच आउट हुनुअघि पारसले १७ बलमा ४ चौका र १ छक्का प्रहार गरे । पारसले पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग ४९ रनको साझेदारी गर्दै नयाँ कीर्तिमान रचे । कतारसँग पहिलो विकेटका गरेको ४९ रनको साझेदारी नेपालले टी २० आईमा गरेको हालसम्मको उच्च साझेदारी हो । यस अघि सन् २०१४ को विश्वकपमा हङकङसँगको खेलमा सुवास खकुरेल र सागर पुनले गरेको ३६ रनको साझेदारी पहिलो विकेटका लागि उच्च रहँदै आएको थियो ।

उप कप्तान ज्ञानेन्द्र मल्ल २३ रनमा आउट भए । तमोर शज्जादले नवौं ओभरको दोस्रो बलमा इकवाल हुसेनबाट क्याच आउट गराउनु अघि मल्लले २४ बलमा २ चौका र १ छक्का प्रहार गरे । ११ औं ओभरको पहिलो बलमा शरद भेषवकर पनि ठूलो सर्ट खेल्ने धुनमा ७ रनमा क्याच आउट हुन पुगे । १४ ओभरको पाँचौ बलमा सोमपाल कामी दुई रन लिने क्रममा ११ रनमा रन आउट भए । १८ ओभरको चौथो बलमा विनोद भण्डारी पनि ठूलो सर्ट खेल्ने धुनमा ३ रनमा आउट भए ।

करण केसी ४ रनमा बोल्ड आउट भए । सन्दीप लामिछाने ९ रनमा रन आउट भए । नेपाललाई सस्तैमा रोक्न कतारका लागि कतारका लागि इकवाल हुसेन ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए ।

तमोर शज्जाद र नोउमान शनवारले समान २ विकेट लिए । त्यस्तै इनवाल हसनको नाममा १ विकेट रह्यो ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage