scheduleबुधवार भाद्र ४ गते, २०७६

आज र भोली बाढीको संभावना, सर्तक रहन आग्रह

फाइल फोटो

काठमाडौं, ७ साउन । देशका प्रमुख तथा मझौला नदीहरु कोशी, नारायणी, कन्काई, बाग्मती, कमला, पूर्वी राप्ती र बबईमा पानीको बहाब बढने बताइएको छ ।

मंगलबार बिहानको मापन अनुसार उक्त नदीहरुमा बहाव बढ्ने क्रममा रहेको र कर्णाली र महाकाली साथै शाखा नदीहरुमा पानीको बहाव स्थिर रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

तिनाउ बुटवल बाढी मापन केन्द्रले बिहान ६ बजे पानीको सतह खतराको तहभन्दा माथि पुगेकाले तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन म्यासेज पठाएको थियो ।
आज र भोली  प्रदेश १,२,३ र ५ का तराई र पहाडका केही साना नदीमा आकस्मिक बाढीको संभावना रहेकाले तटिय क्षेत्रमा सतर्क रहन महाशाखाले आग्रह गरेको हो ।

साथै मौसम पूर्वानुमान महाशाखाले पनि  देशको पूर्वी र मध्य भु–भागमा पुर्ण बदली हुनुका साथै बर्षाको सम्भावना रहेको जनाएको छ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage