scheduleबुधवार भाद्र ४ गते, २०७६

गुल्मी पहिरो : ज्यान गुमाउनेको संख्या १० पुग्यो (नामावलीसहित)

फाइल फोटो

गुल्मी, ७ साउन ।  सत्यवती गाउँपालिका-३ ठुलोलुम्पेक र ४ लिम्घामा पहिरो जाँदा १० जनाको मृत्यु भइसकेको छ भने ३ जना अझै वेपत्ता छन्।

आइतबार राति गएको पहिरोका कारण ५ घर पुरिएका छन् भने दर्जनौं घरमा क्षति पुगेको छ। मृत्यु हुनेमा ३ ठुलोलुम्पेकका ३० वर्षीय तिलकुमारी तरामु, १० वर्षीय दर्शन तरामु रहेका छन् ।

त्यस्तै, वडा नम्बर ४ का लिम्घाका ६५ वर्षीय छल्लली विक, २८ वर्षीय पम्फा विक, १२ वर्षीय अञ्जली विक, १० वर्षीय हेमन्त विक, भिरकुनाका ३२ वर्षीया निर्मला विक, २९ वर्षीय पम्फा विक, १२ वर्षिय अञ्जली विक, ५ वर्षीय हिमांशु विक, ७० वर्षीय छली विक, ९ वर्षीय सिवानी विक, ९ वर्षीय तारा विकको ज्यान गएको छ।

उक्त पहिरोमा एक वर्षीय बच्चाको समेत मृत्यु भएको स्थानीय वडा सदस्य अर्जुन तरामुले जानकारी गराए। १० वर्षीय करिस्मा तरामु र १३ वर्षीय धनी तरामु घाइते भएको प्रहरीले जनाएको छ।

गुल्मीको दुर्गम क्षेत्रमा पर्ने सत्यवती गाउँपालिकामा आइतबार राति ३ बजेदेखि पहिरो गएको स्थानीयले बताएका छन्।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage