scheduleबुधवार कार्तिक २७ गते, २०७६

यातायात व्यवस्था कार्यालयमा छड्के अनुगमन, २१ कर्मचारी अनुपस्थित

बुटवल, ७ साउन । यातायात व्यवस्था कार्यालयमा प्रदेश नं ५  सरकारले छड्के अनुगमन गरेको छ ।

प्रदेश ५  को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले यातायात व्यवस्था कार्यालयका २ वटा शाखामा अनुगमन गरेको हो । अनुगमनमा क्रममा २१ जना कर्मचारी अनुपस्थित भएको पाइएको जनाइएको छ ।

यातायात व्यवस्था कार्यालय सवारी शाखा मणिग्राममा ३२ दरबन्दी रहेकोमा कार्यालय प्रमुख सहित १० कर्मचारी अनुपस्थित भेटिए ।

त्यसैगरी लाइसेन्स शाखा बुटवलमा २९ कर्मचारीको दरबन्दी भएकोमा ११ कर्मचारी अनुपस्थित भएको पाइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिए ।

अनुगमनका लागि दुई कार्यालयमा मुख्यमन्त्री कार्यालयले दुई टोली खटाएको थियो । अनुपस्थित भएकाहरु कार्यालयमा उपस्थित हुनुपर्ने समयभन्दा ढिला उपस्थित भएको पाइएको, सबैलाई स्पष्टीकरण सोधिने प्रवक्ता अधिकारीले बताए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage