scheduleबिहिवार भाद्र ५ गते, २०७६

विप्लव समूहसँग वार्ताको प्रयास गरिरहेका छौं : गृहमन्त्री थापा

काठमाडौं, ७ साउन । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले विप्लव समूहसँग वार्ताको प्रयास जारी रहेको बताएका छन् ।

गृहमन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले यस्तो बताएका हुन्  । चन्द समूह वार्तामा आउने प्रकृयामा रहेको र निकट भविष्यमा नै उनीहरुसँग वार्ता हुने सम्भावना रहेको मन्त्री थापाको भनाइ छ ।

‘विप्लव समूहसँग वार्ताको प्रयास जारी छ’, पत्रकार सम्मेलनमा बोल्दै थापाले भने, ‘उनीहरुले केही सर्त राखेको भनेर अनौपचारिक रुपमा सुनिकएको छ। तर औपचारिक रुपमा केही प्रस्ताव भने आएको छैन ।’

गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको प्रहरीले अहिले पनि गम्भिर रुपमा अनुशन्धान जारी राखेको बताएका छन् । उनले उक्त घटनामा ‘अति राजनीतिकरण’को प्रयास भएकै कारणले गर्दा अनुसन्धान प्रभावित भएको दाबी गरेका थिए ।

नेपाल प्रहरीले ९५ प्रतिशत बलात्कारका घटनाको सफल अनुसन्धान गरेको गृहमन्त्रीले बताए ।
‘कुनैपनि विकसित भनिएका देशमा पनि अपराधको सतप्रतिशत अनुसन्धान भएको हुँदैन। हामी कहाँ पनि एक दुईवटा घटना बाहेक अन्यको सफल अनुसन्धा भएको छ। जसलाई सन्तोषजनक मान्नुपर्छ,’ उनले भने, ‘निर्मला पन्त प्रकरणमा धेरै राजनीति गरियो। नभए प्रहरीले अन्य बलात्कारका घटनाको अनुसन्धानमा ९५ प्रतिशत सफलता हासिल गरेको छ।’

त्यस्तै गृहमन्त्री थापाले अनियमिततामा संलग्न १८ सय ठेकेदारको फाइल पनि गृहले अख्तियारमा बुझाएको बताएका छन्।
गृहमन्त्रालयले गत आर्थिक वर्षको कार्य सम्पादन तथा आगामी वर्षको कार्ययोजनाको जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा तीनवटै सुरक्षा निकायका प्रमुखहरुसहित गृहसचिवको सहभागिता थियो।
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage