scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

सबै नेता-कार्यकर्ताले आ-आफ्ना कमजोरी सच्याएर अघि बढौं : अध्यक्ष दाहाल

काठमाडौं, ७ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी र सरकारभित्र देखा परेका कमी कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवसको अवसर पारी  मंगलबार काठमाडौंस्थित पुष्पलाल स्मृित पार्कमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

पार्टी र सरकारमा देखिएको कमिकमजोरी सच्याएर अघि बढे मात्रै पुष्पलालका सपना पूरा गर्न सकिने अध्यक्ष दाहालको भनाइ थियो । नेता-कार्यकर्ताले आफूभित्रको कमीकमजोरीलाई सच्याएर अघि बढ्न सके मात्रै विरोधीको षडयन्त्र परास्त गर्न सकिने उनको भनाइ थियो ।

अध्यक्ष दाहालले प्रतिक्रियावादीहरुले पार्टी एकता हुन नदिन आफूलाई प्रधानमन्त्री पदको समेत अफर गरेको तर त्यसलाई सफल हुन नदिएको उल्लेख गर्दै अब पार्टीलाई सुदृढ हुन नदिने षडयन्त्रलाई पनि परास्त गरेर अघि बढ्न जरुरी रहेको बताए ।

कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र नेता झलनाथ खनालले समेत जनताको अपेक्षा अनुसार सरकारले काम गर्नुपर्नेमा जोड दिएका थिए । पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहेका वरिष्ठ नेता नेपालले जनताको अपेक्षा अनुसार सरकारको काम, कारबाहीलाई पार्टीले प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा पुष्पलाल श्रेष्ठको शालिकमा अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल, नेता खनालसहितले माल्यार्पण गर्नुभएको थियो ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage