scheduleआइतवार भाद्र ८ गते, २०७६

‘रअ’को सक्रियता बढेसँगै भीम रावलले गरे यस्तो टिप्पणी…

काठमाडौं, ७ साउन । नेपाल भ्रमणमा रहेका भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’ का प्रमुख समान्तकुमार गोयलले विभिन्न नेतालाई भेटे।

‘रअ’को सक्रियता बढेपछि सत्तारुढ नेकपाका नेता भीम रावलले आपत्ति जनाएका छन्। मंगलबार दिउँसो ट्विट गर्दै नेकपा नेता भीम रावलले नाम उल्लेख नगरी भारतीय दूतावासको सक्रियताप्रति आपत्ति जनाएका हुन्।

‘रअु प्रमुख गोयलसहितका केही उच्च सुरक्षा अधिकारी आएको अवसरमा भारतीय दूतावासले जलपानका लागि नेता, सांसद र पत्रकारलाई निम्ता गरेको थियो।

तर दूतावासले सांसद, पत्रकार र नेतालाई बोलाएर अर्ती दिनु कूटनीतिक मर्यादा विपरित भएको रावलको भनाइ छ। उनले यस्ता गतिविधि रोक्नु पर्ने बताएका छन् ।

‘कुनै देशको दूतावासले सांसद, पत्रकार र नेताहरूलाई बोलाएर अर्ती दिने कूटनीतिक मर्यादा विपरीतका गतिविधि अब रोकिनु पर्छ’, रावलले ट्विटमा लेखेका छन्।

बहुमतले सरकारलाई अधिकार र सामथ्र्य दिएको अवस्थामा दूतावासका गतिविधि कूटनीतिक मर्यादाविपरित भएको उनको भनाइ छ।

‘नेपालमा शान्ति प्रक्रियाको समयमा वाह्य शक्तिको अचाक्ली चलखेल थियो।रोक्ने सामर्थ्य सरकारसंग थिएन’, ट्विटमा रावलले अगाडि लेखेका छन्, ‘हाल संविधान र जनताको बहुमतले सरकारलाई अधिकार र सामर्थ्य दिएको छ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage