scheduleआइतवार भाद्र ८ गते, २०७६

कारागार चलान भए माइला लामा

काठमाडौं, ७ साउन ।  प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका उपत्यका ब्युरो इन्चार्ज माइला लामा  जेल चलान भएका छन्।

केहीदिन अघि  काठमाडौंको काडाँघारीबाट मध्यरातमा नियन्त्रणमा लिइएका उनलाई  नख्खु कारागार चलान गरिएको हो।

प्रहरीले लामा विरुद्ध संगठित अपराध र राज्य विरुद्धको अपराधमा मुद्दा चलाएको थियो। सोही मुद्दामा पुर्पक्षका लागि उनलाई ललितपुर जिल्ला अदालतले कारागार चलान गर्ने आदेश दिएको हो। गत फागुन २८ गते सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको थियो। त्यतिबेलादेखी

हालसम्म देशभरबाट ५ सयभन्दा बढी नेता कार्यकता  पक्राउ परेका छन् । काठमाडौं, भक्तपुर तथा ललितपुरको इन्चार्ज रहेका लामालाई प्रभावशाली नेताका रुपमा चिनिन्छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage