scheduleशनिवार भाद्र ७ गते, २०७६

एकपटक फेरि शाहरुखको भाग्य चम्किएला त !

काठमाडौँ, ८ साउन । बलिउडका चर्चित निर्देशक हुन् राजकुमार हिरानी । उनले निर्माण गरेका लगभग सबै फिल्महरु सुपर हिट रहेका छन् ।

समाजमा नयाँ सन्देश दिने खालका फिल्महरु उनले निर्माण गर्दै आइरहेका छन् । अब उनले साहरुख खानसँग काम गर्ने भएका छन् ।

पछिल्लो समय साहरुख खानसँग एउटा फिल्म पनि छैन । उनको पछिल्लो समय रिलिज भएको फिल्म जिरोले बक्स अफिसमा खासै गतिलो कमाइ गर्न सकेन ।

शाहरुख खानलाई निर्देशक राजकुमार हिरानीको स्क्रिप्ट मनपरेको र त्यसमा काम गर्न इच्छुक रहेको पनि खबर बाहिर आएको छ । ‘थ्री इडिएट्स’, ‘मुन्नाभाई एमबीबीएस’, ‘पीके’ जस्ता बलिउडका सुपरहिट फिल्म निर्देशन गरिसकेका हिरानीलाई यौन हिंसाको आरोप लागेको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage