scheduleशनिवार आश्विन ४ गते, २०७६

मल्लको उत्कृष्ट अर्धशतकसँगै नेपालले मलेसियालाई हरायो

फाइल तस्बिर

काठमाडौं, ८ साउन । आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई हराएको छ ।

प्रतियोगिताअन्तर्गतको दोस्रो खेलमा नेपालले मलेसियालाई  ७ विकेटले हराएको हो ।  टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ९ ओभरमा ७ विकेट गुमाउँदै नेपालसामु  ८४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

उक्त लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रेको नेपालले ८ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालका लागि ज्ञानेन्द्र मलले उत्कृष्ट ब्याटिङ गरेका थिए । मल्लले २१ बलमा ५ चौका र ३ छक्कासहित ५१ रन बनाएका हुन् । उनी २० बलमा ५१ रन बनाएर आउट भएका हुन् ।

आजको खेललाई वर्षाका कारण ९ ओभरमा छोट्याइएको थियो । मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ६ बल बाँकी छँदा ३ विकेट गुमाएर  भेट्टायो । आठौं ओभरको अन्तिम बलमा छक्का हान्दै नेपाललाई जिताएका विनोद भण्डारी १३ रनमा अविजित रहे ।

यसअघि टस हारेर ब्यटिङको निम्तो पाएको मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएको थियो । उसका सफिक शरीफले १५ बलमा ३० रन बनाए भने भिरनदीप सिंहले २१ रन जोडे पनि अन्य ब्याट्सम्यान चलेनन् ।

सोमपाल कामीले ३ विकेट लिए भने बसन्त रेग्मीले २ विकेट आफ्नो नाममा लेखाए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage