scheduleशनिवार मंसिर २१ गते, २०७६
Bajaj
Global IME Bank

एकै परिवारका ३ बालबालिका बेपत्ता

धनकुटा, ८ साउन । आइतबारदेखि धनकुटामा एकै परिवारका तीन बालवालिका तमोर नदीमा बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा धनकुटा नगरपालिका–८ याक्चनाका शंखबहादुर राईका ९ वर्षीय छोरा सञ्जीव राई, ७ वर्षीय छोरी सलिना राई र ७ वर्षीया छोरी सञ्जिला छन् ।

तीनै जना तमोर नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता हुन सक्ने अनुमान गरिएको छ । उनीहरु आइतबार दिउँसो बाबुआमा खेतमा काम गर्न गएको बेला तमोर नदीमा पौडी खेल्न गएका र सोही क्रममा बेपत्ता भएको हुन सक्ने अनुमान गरिएको छ ।

आइतबारदेखि बेपत्ता बालबालिकालाई परिवार र आफन्तले खोजेका थिए तर पत्ता नलागेपछि बुधबार प्रहरीलाई खबर गरेका हुन् ।

धनकुटा प्रहरीका अनुसार घटनास्थलतर्फ प्रहरी परिचालन गरी खोजी कार्य भइरहेको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage