scheduleमगलवार फाल्गुन १३ गते, २०७६

वर्षाका कारण देशभरको आन्तरिक उडान बन्द

काठमाडाैं, ८ साउन । वर्षाका कारण देशभरको हवाई सेवा प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दिएको जानकारीअनुसार अहिले देशका विभिन्न विमानस्थलहरु बन्द भएका छन्।

अन्तर्राष्ट्रिय उडान नियमित भएपनि आन्तरिक उडान भने प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रताव तिवारीले दिएको जानकारीअनुसार अहिले चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, लुक्ला,भरतपुर र पोखरालगायतका विमानस्थल बन्द भएका छन्।
लगातारको ठूलो वर्षाका कारण भिजिबिलिटी कमजोर भएको छ।

कतिपय विमानस्थलका धावनमार्गमा पानी जम्न थालेको छ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय