scheduleआइतवारबैशाख ५ गते, २०७८

नेकपाको सचिवालय बैठक आज पनि स्थगित

काठमाडौं, ९ साउन । आज (बिहीबार) बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक पुन: स्थगित भएको छ ।

विभागीय जिम्मेवारी टुंग्याउन भनेर आज बस्न लागेको सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएको हो । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक नेताहरुबीच सहमति बन्न नसकेपछि स्थागित भएको बताइएको छ ।

विशेषगरी स्कुल विभागमा पूर्व एमाले र माओवादी दुबैले दाबी गरेपछि नेकपाभित्र खटपट देखिएको छ । आज साउन ९ गते बसेर सबै विभागको नेतृत्वबारे टुंगो लगाउने नेताहरुले बताएका थिए । तर आज बिहीबार बोलाइएको बैठक समेत स्थगित हुन पुगेको छ ।

विभिन्न विभागहरुको नेतृत्वमा कसलाई पठाउने भनेर पर्याप्त गृहकार्य नभएकाले बैठक स्थगित भएको नेकपा स्रोतले जनाएको छ ।

जिल्ला इन्चार्च र सहइन्चार्जको टुंग्गो लागेपनि पछिल्लो समय नेकपाभित्र विभागलाई लिएर विवाद देखिएको छ । विशेषगरी स्कुल विभागलाई दिएर नेकपाभित्र प्रस्ट २ धार देखिएका छन् ।

पूर्व एमालेले ईश्वर पोखरेललाई स्कुल विभागको नेतृत्व दिनुपर्ने बताइरहेको छ । तर पूर्व माओवादीका नेताले पोखरेललाई उक्त विभाग दिन नसकिने बताइरहेका छन् ।‍ नारायणकाजी श्रेष्ठलाई स्कुल विभागको नेतृत्व दिनुपर्ने उनीहरुको भनाइ छ ।

जनताको बहुदलीय जनवादलाई नै पार्टीको मार्गदर्शक सिद्धान्त बनाउने पक्षमा बहस गरिरहेका पोखरेललाई पूर्व माओवादी केन्द्रले नरुचाहेको हो । त्यसैले पोखरेलको विकल्पमा उनीहरुले श्रेष्ठको नाम अघि सारिरहेका हो।

यता स्कुल विभागमा सचिवालय सदस्यबीच नै विवाद देखिएपछि अन्य नेताले यो विभागमाथि दाबी गरिरहेका छन् । पछिल्लो समय बेदुराम भुसाल र घनश्याम भुसालले विभागको नेतृत्वमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

नेकपाका ३२ केन्द्रीय विभागमध्ये पूर्वएमालेले १८ र पूर्वमाओवादीले १४ विभागको नेतृत्व दिने सहमति यसअघि नै भइसकेको छ । विदेश विभागमा माधवकुमार नेपाल र संगठन विभागमा वामदेव गौतमलाई लैजाने कुरामा लगभग सबै नेताहरु सहमत देखिएका छन् ।

तर पूर्व माओवादीले भने अझैसम्म एउटा विभागका लागि समेत नाम टुंगो लगाउन सकेको छैन ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay