scheduleशनिवार आश्विन ४ गते, २०७६

जापानी समुन्द्रमा उत्तर कोरियाको क्षेप्यास्त्र, तनाव बढ्ने संकेत

एजेन्सी, ९ साउन । उत्तर कोरियाले पुन : क्षेप्यास्त्र परीक्षण गरेको छ । बिहीबार उत्तर कोरियाले छोटा दूरीका २ वटा क्षेप्यास्त्र जापानी समुन्द्रमा प्रहार गरेको हो ।

समाचार अनुसार उत्तर कोरियाको तटीय शहर वोनसन नजिकैबाट छोटा दूरीका २ वटा क्षेप्यास्त्र प्रहार गरिएको छ । स्थानीय समय अनुसार बिहीबार ५: ३४ बजे र ५:५७ बजे ती क्षेप्यास्त्र प्रहार गरिएको थियो । दुबै क्षेप्यास्त्र ४३० किलोमिटरको उचाइसम्म पुगेको र जापानी समुन्द्रमा खसेको जनाइएको छ ।

तर जापानी रक्षा मन्त्रालयले भने आफ्नो समुन्द्रमा ती क्षेप्यास्त्र नखसेको प्रस्ट पारेको छ । यद्यपि, उत्तर कोरियाको उक्त व्यवहार खेदजनक भएको जापानको भनाइ छ ।

यता उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेपछि दक्षिणले आपत्ति जनाएको छ ।

दक्षिण कोरियाली रक्षामन्त्रालयले उत्तर कोरियालाई यस प्रकारका उत्तेजक र आक्रामक व्यवहार तत्काल बन्द गर्न भनेको छ । यस्ता घटनाबाट कोरियाली प्रायद्विपमा सैन्य तनाव थप चर्किने उसको भनाइ छ ।

बिहीबारको क्षेप्यास्त्र प्रहारले कोरियाली प्रायद्विपमा मथ्थर हुँदै गएको तनाव चर्किन सक्ने विश्लेषकको भनाइ छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage