scheduleशनिवार आश्विन ४ गते, २०७६

प्रधानमन्त्री र ‘रअ’ प्रमुखबीच भेट भयो भनेर हल्ला फैलाइयो : मन्त्री बाँस्कोटा

फाइल तस्बिर

काठमाडौं, ९ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख समान्त कुमार गोयलबीच भेट नभएको बताएका छन् ।

बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले  प्रधानमन्त्रीले ‘रअ’ का प्रमुख गोयललाई भेटेको कुराको खण्डन गरेका हुन् ।

‘ ‘रअ’ यदि आएकै हो र भेटेकै हो भने डिप्लोमेटिक प्रोटोकल अनुसारकै हुनुपर्छ’, मन्त्री बाँस्कोटाले भने, ‘प्रधानमन्त्रीज्युले भेट्नु भएको छैन। अनावश्यक हल्ला चलाइयाे।’ प्रधानमन्त्री र ‘रअ’का प्रमुखको भिन्दाभिन्दै स्थानको फोटो राखेर गलत प्रचार गरिएको उनको भनाइ थियो ।

ककसले भेटेको थाहा नभएको तर भेट्नै हुँदैनथ्यो भन्ने पनि नभएको मन्त्री बाँस्कोटाको कथन थियो । ‘ रअको प्रमुखलाई भेटेर कोही रअ पक्षधर त हुने होइन होला नि ? यस्तो लघुताभाषी मान्यता पनि नराखौं’, उनले भने ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage