scheduleशनिवार भाद्र ७ गते, २०७६

नेकपाका नेता राई पक्राउ


मोरङ, ९ साउन । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका धनकुटा–मोरङ सेक्रेटरी ४५ वर्षीय दिपक राई पक्राउ परेका छन् ।

मोरङको केराबारी गाउँपालिका–३ घर भएका राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार केराबारीकै एउटा घरमा सेल्टर लिएर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

बम विस्फाेट, चन्दा आतंक, हतियार संकलनलगायतका धेरै घटनामा राईको संलग्नता प्रहरीले देखाएको छ । प्रहरीका अनुसार मोरङ र धनकुटाबाहेक अन्य जिल्लामा विप्लव समूहले गरेको घटनामा राईको संलग्नता देखिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage