scheduleबुधवार भाद्र ४ गते, २०७६

नक्कली सवारी चालक अनुमतिपत्र बिक्री गर्ने पक्राउ

सांकेतिक तस्बिर

बारा, ९ साउन । बारामा नक्कली सवारी चालक अनुमतीपत्र बनाएर बिक्री गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराकै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का ३१ वर्षका दीपक अर्याल रहेका प्रहरीले जनाएको छ ।

स्थानीयलाई झुक्याएर ‘स्मार्ट लाईसेन्स’ बिक्री गरेको पाएपछि उनलाई बाराको जीतपुर बजारबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिए । ‘अर्यालले ‘हेबी’ सवारी चाकलसँग प्रतिव्यक्ति ५० हजार र ‘लाईट’ सवारी चालकसँग प्रतिब्यक्ति १० हजार रुपायाँ लिएर स्थानीय १० देखि १२ जनालाई ठगी गरेको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको उनले बताए ।

पाँच थान नक्कली सवारी चालक अनुमतिपत्र र सवारी चालक अनुमती पत्र लिन बुझाएको रसिद भरपाईसहित पक्राउ परेका उनीविरुद्ध लिखत कीर्ते अभियोगको मुद्दा दर्ता गरिएको छ ।

यसैबीच बारामा प्रहरी हिरासतबाट थुनुवा फरार भएपछि दुईजना प्रहरी निलम्बित भएका छन् । इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराकोे हिरासतबाट चोरी मुद्दाका एकजना थुनुवा भारत मोतिहारी लिपनी–४ का १९ वर्षका फिरोज मियाँ फरार भएपछि ड्युटीमा रहेका प्रहरी हवल्दार शशिकान्त चौधरी र प्रहरी जवान अशोक साह निलम्बनमा परेका हुन् ।

उनीहरुलाई तीन महिनाका लागी निलम्बन गरिएको जिल्ला प्रहरी प्रवक्ता राठौरले बताए । गएको साउन तीन गते सिम्रौनगढको हाटबजारबाट प्रदेश २ का सभामुख सरोज यादवको पर्स चोरेर भाग्दै गरेका मियालाई स्थानीय युवाले समातेर प्रहरीको जिम्मा लगाएका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage