scheduleशनिवार भाद्र ७ गते, २०७६

आयुष्मानले पाए अमिताभसँग काम गर्ने मौका

काठमाडौँ, १० साउन । बलिउडका स्टार अभिनेता हुन् आयुष्मान् खुराना ।

उनले अब महानायक अमिताभ बच्चनसँग काम गर्ने भएका छन् । मिडिया रिपोर्टका अनुसार उनले गुलाबो सिताबो फिल्ममा बच्चनसँग काम गर्न लागेका हुन् ।

अमिताभ बच्चनसँग काम गर्न पाउँदा आफु अत्यन्त खुसी भएको उनले प्रतिक्रिया दिएका छन् ।

उनले अमिताभको तारिफ गर्दै भनेका छन्,’अमिताभ बच्चनसँग काम गर्ने मेरो सपना पुरा भएको छ । उहाँ मेरो आइडल हुनुहुन्छ । उहाँको फिल्म हेरेरै हामी हुर्केका हौ । आज उहाँसँग काम गर्न पाउँदा म आफुलाई भाग्मानी सम्झन्छु ।’

फिल्म गुलाबो सिताबोलाई सुरजित सिरकारले निर्देशन गर्न लागेका हुन् । यस फिल्मका प्रमुख पात्रमा अमिताभ, आयुष्मान रहनेछन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage