scheduleशनिवार भाद्र ७ गते, २०७६

‘अर्जुन रेड्डी’ विजयले करन जोहरको अफर अस्वीकार गरे

काठमाडौँ, १० साउन । पछिल्लो समय निकै चर्चामा छन् दक्षिण भारतीय फिल्मका अभिनेता विजय देवराकोण्डा ।

उनको फिल्म अर्जुन रेड्डी सुपर हिट भएपछि उनी निकै चर्चामा रहेका थिए ।

उनको फिल्म डियर कमरेड पनि रिलिज भएको छ ।

यस फिल्मको बलिउड रिमेक करन जोहरले किनेका छन् ।

मिडिया रिपोर्टका अनुसार उनले यस फिल्मका लागि पनि विजयलाई नै अफर गरेका थिए । तर, उनले करनको अफर अस्वीकार गरेका छन् ।

उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘मैले पहिलो फिल्ममा आवश्यक पर्ने सबै कुरा दिइसकेको हुन्छु । फेरि एउटै फिल्ममा त्यही कुरा दोहोराउन चाहन्न । मैले करनको अफर अस्वीकार गरे ।’

अर्जुन रेड्डीको बलिउड रिमेक फिल्म कबिर सिंहले बक्स अफिसमा अझै पनि कमाइ गरिराखेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage