scheduleशनिवार भाद्र ७ गते, २०७६

दोर्दीको बाढीले पुर्‍याएको क्षतिप्रति मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

फाइल तस्बिर

 

काठमाडौँ, १० साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङ जिल्लास्थित दोर्दीखोलामा यही साउन ८ गते आएको बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

बाढीमा परी ज्यान गुमाउने माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् परियोजनाका कामदारप्रति श्रद्धाञ्जलि व्यक्त गर्दैै उनले शोकसन्तप्त परिवार तथा आफन्तप्रति समवेदना व्यक्त गरेका छन् । मुख्यमन्त्री गुरुङद्वारा जारी विज्ञप्तिमा बेपत्ताहरु सकुशल फेला पर्ने अपेक्षासहित खोजी, उद्धार र राहतका लागि जुट्न सबैमा आग्रहसमेत गरिएको छ ।

उनले यस किसिमको प्राकृतिक विपत्ति आउनसक्ने सम्भावनालाई ध्यान दिँदै आवश्यक पूर्वतयारीमा जुट्न र सावधानी अपनाउनसमेत सबैमा आग्रह गरेका छन् ।

दोर्दीखोलामा निर्माणाधीन जलविद्युत् आयोजनाको काम गर्दै गरेका कामदारलाई बाढीले बगाएको थियो । बाढीमा परेका चारको शव फेला परेको छ भने सात हराइरहेको प्रहरीले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage