scheduleशनिवार भाद्र ७ गते, २०७६

कावासोतीमा अज्ञात समुहद्वारा सरकारी गाडीमा आगजनी


नवलपरासी, १० साउन । कावासोतीमा विहीबार राति एउटा सरकारी गाडीमा आगजनी भएको छ । गाडीमा विप्लव समूहले आगो लगाएको अनुमान गरिए पनि उक्त पार्टीले जिम्मा लिइसकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

नवलपुर जिल्ला अदालतका श्रेष्तेदार सारदा दत्त बडु चढ्ने बा २ झ ३५०२ नम्बरको गोडीमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक एवम सुचना अधिकारी अर्जुन रानाभाटले जानकारी दिएका छन् । गाडीको मुनी मट्टितेलको गन्ध आएका केही बोराका टुक्रा फेला परेकोले गाडीमा कसैले आगो लगाइदिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

आगलागी भएको गाडी घरसँगै पार्किङमा थियो । कावासोती ८ थकाली चोक निवासी अर्जुनकुमार श्रेष्ठको घरमा बडु भाडामा बस्दै आएकोले उक्त घरनजिकै गाडी रहेको थियो ।
स्मरणीय छ, केही दिनअघि विप्वल नेतृत्वको नेकपाले सरकारी गाडीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage