scheduleसोमवार मंसिर ३० गते, २०७६
Bajaj
Global IME

जितको दबावसहित कुवेतविरुद्ध बलिङ गर्दै नेपाल


काठमाडौं, ११ साउन । सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा नेपाल जित्नैपर्ने दबावसहित अहिले कुवेतसँग प्रतिस्पर्धा गरिरहेको छ । टस जितेर बलिङ रोजेको नेपालले १० ओभर बलिङ गर्दा ५ विकेट लिँदै ७१ रन दिएको छ ।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान २/२ विकेट लिएका छन् भने करण केसीले १ विकेट लिएका छन् । चोटका कारण मलेसियाविरुद्धको खेलमा विश्राम लिएका कप्तान पारस खड्का खेलमा फर्किएका छन् ।

यस प्रतियोगितामा शीर्ष स्थानमा रहँदै टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर छनोट हुन कुवेतमाथि जित्नै पर्ने दबाबमा नेपाल छ । पहिलो खेलमा कतारसँग ४ किवेटले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियालाई ७ विकेट हराएको थियो । अन्तिम खेल नेपालले भोली सिंगापुर विरुद्ध खेल्नेछ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage