scheduleशनिवार आश्विन ४ गते, २०७६

कुवेतद्वारा नेपाललाई १४२ रनको मध्यम लक्ष्य प्रस्तुत, सन्दीप र बसन्त चम्किए


काठमाडौं, ११ साउन । सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा नेपालले कुवेतबाट १४२ रनको विजयी लक्ष्य पाएको छ । जित्नैपर्ने दबावसहित कुवेतसँग प्रतिस्पर्धा गरिरहेको नेपालले केही क्षणमै जवाफी ब्याटिङ गर्नेछ ।

टस जितेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४१ रन जोडेको हो । कुवेतका लागि मुहम्मद कासिफले विस्फोट पारी खेल्दै सर्वाधिक ‍‍‍४९ रन जोडे । उनी ३६ बलमा ४ छक्का र २ चौका हिर्काउँदै अविजित रहेका उनी अर्धशतक जोड्नबाट एक रनले चुके ।

दोस्रो ओभरको पहिलो बलमै करण केसीले विकेटकिपर विनोद भण्डारीबाट ओपनर मिट भावसारलाई ५ रनमा पेभिलिएन फर्काए । छैटौं ओभरको पहिलो बलमा वसन्त रेग्मीले रभिजा डी शिल्भालाई १५ रनमा बोल्ड आउट गरे ।

त्यस्तै बसन्तले त्यसै ओभरको अन्तिम बलमा अदनान आर्डिसलाई शरद भेषवाकरबाट २५ रनमा क्याच आउट गराए । ठूलो सट खेल्ने धुनमा क्याच आउट हुनुअघि उनले १४ बलमा ५ चौका प्रहार गरे । मोहम्मद अस्लाम २५ बलमा २३ रनसहित क्याच आउट भए ।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान ३/३ विकेट लिएका छन् भने करण केसीले २ विकेट लिएका छन् । अविनाश बोहराले १ विकेट लिए । चोटका कारण मलेसियाविरुद्धको खेलमा विश्राम लिएका कप्तान पारस खड्का खेलमा फर्किएका छन् ।

यस प्रतियोगितामा शीर्ष स्थानमा रहँदै टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर छनोट हुन कुवेतमाथि जित्नै पर्ने दबाबमा नेपाल छ । पहिलो खेलमा कतारसँग ४ किवेटले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियालाई ७ विकेट हराएको थियो । अन्तिम खेल नेपालले भोली सिंगापुर विरुद्ध खेल्नेछ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage