scheduleबिहिवार फाल्गुन १५ गते, २०७६

लामोसाँघु–जिरी सडक बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म बन्द


सिन्धुपाल्चोक, ११ साउन । लामोसाँघु–जिरी सडक बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म बन्द हुने भएको छ । मर्मतको लागि भन्दै सिन्धुपाल्चोकको खाडीचौर हुँदै चरिकोट दोलखा जाने सडक तीन दिनको लागि बन्द हुने भएको हो ।

अविरल बर्षाका कारण हिलो भई सवारी आवत जावतमा समस्या भएको थियो । जिल्ला समन्वय समितिमा हिजो बसेको बैठकले साउन ११ गतेदेखि १३ गतेसम्म बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गोमादेबी चेम्जोङ्ग, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक मुकुन्द मरासिनी, जिल्ला सम्मन्वय अधिकारी टिकामणी न्यौपाने, शहरी डिभिजन कार्यालयका डिभिजन इन्जिनियर धर्मेन्द्र कुमार झा लगाएतका जिल्लाका प्रमुख तथा निर्माण व्यवसायी गौरी पार्वती निर्माण सेवाका कमल भण्डारी र डोरमणी पौडेल, अरनिको यातायातका विरेन्द्र हिमालय लगायतको उपस्थितिमा उक्त निर्णय गरिएको जिल्ला सम्मन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय