scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

करेन्ट लागेर बाबु-छोराको मृत्यु

सांकेतिक तस्बिर

जनकपुरधाम, ११ साउन । धनुषामा करेन्ट लागेर २ जनाले ज्यान गुमाएका छन् ।

करेन्ट लागेर मृत्यु हुनेमा ४५ वर्षीय राजेन्द्र मण्डल र उनका २२ वर्षीय छोरा धर्मेन्द्र मण्डल रहेका छन् । दुबै जना कमला नगरपालिका- १ को मंगराहा गाउँका बासिन्दा हुन् । खेतमा काम गर्न गएका बेला बाबु र छोराको करेन्ट लागेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार खेतमा काम गर्ने क्रममा जमिनमा तत्रिएको बिजुलीको तारमा टाँसिएर राजेन्द्र मण्डल र धमेन्द्र मण्डलको ज्यान गएको हो ।

शुक्रबार करेन्ट लागेलगत्तै  राजेन्द्र र धर्मेन्द्र गम्भीर घाइते भएका थिए । दुबैजनालाई उपचारका लागि शहिदनगर स्वास्थ्य केन्द्रमा लगिएको तर त्यहाँ उपाचार हुन सकेको थिएन । थप उपचारका लागि जनकपुरको जानकी हेल्थकेयरमा लग्दै गर्दा गएराती बाबु र छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage