scheduleशनिवार भाद्र ७ गते, २०७६

तीजमा भड्किलो गतिविधि नगर्न कास्की प्रशासनको अपिल

कास्की, ११ साउन । हिन्दू महिलाले मनाउने हरितालिका तीजमा भड्किलो गतिविधि नगर्न भन्दै कास्की जिल्ला प्रशासनले सूचना प्रकाशित गरेको छ ।

प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलेद्वारा हस्ताक्षरित सूचनामा तीजको मौलिकता विपरीतका भड्किलो गतिविधि रोक्न आग्रह गरिएको छ । कहीँ कतै सूचनाको बर्खिलाप भएमा कानूनबमोजिम कारवाही हुने व्यहोरासमेत सूचनामा उल्लेख गरिएको छ ।
केही दिनअघि नारी जागरण अभियानले तीजको नाममा महिना दिन अगाडिदेखि नै भड्किलो गतिविधि हुँदा तीजको सांस्कृतिक एवं धार्मिक महत्व गौण हुँदै गएको भनेर मुख्य मन्त्री, पोखरा महानगरपालिका प्रमुख, जिल्ला प्रशासन कार्यालयलगायतमा ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री, सामाजिक विकासमन्त्री, आन्तरिक मामिलामन्त्री, प्रमुख प्रमुख जिल्ला अधिकारीलगायतले तीजको मौलिकतालाई जोगाउन र भड्किलो गतिविधि रोक्ने बताएका थिए ।

नारी जागरण अभियानले प्रशासनको कदमलाई स्वागत गरेको छ । तीजको महिमा र महत्वलाई जोगाउनमा प्रशासनबाट जारी सूचनाले सहयोग गर्ने अभियानको भनाइ छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage