scheduleशनिवार भाद्र ७ गते, २०७६

सुदूरपश्चिमका पहाडी जिल्लामा भाइरल ज्वरोको प्रकोप


बैतडी, ११ साउन । सुदूरपश्चिमका पहाडी जिल्लामा भाइरल ज्वरोका बिरामी बढेका छन् । बर्खायाममा हुने सरसफाइको कमिले गर्दा यतिबेला सुदुरपश्चिमका स्वास्थ्य सस्थाहरुमा भाइरल ज्वरोका बिरामीहरुको चाप बढ्ने गरेको छ ।

दुषित खानेपानी, बातारणिय प्रदुषण र खानपानमा ध्यान नदिँदा सुदूर पहाडी जिल्लामा सरुवा भाइरल ज्वरोका बिरामी बढेका स्वास्थ्य सस्थाहरुले जनाएका छन् । अन्य दिनहरुको तुलनामा बिगत दुइ तिन दिनदेखि बिरामीहरुको चाप बढेको जिल्ला अस्पताल बैतडीका प्रमुख जगदिशचन्द्र बिष्टले बताए ।

दैनिकजसो एक सयदेखि बढी भाइरलका बिरामी आउने गरेको उनले बताए । भाइरल ज्वरोले बालबालिकादेखि बृद्ध, बृद्धाहरु बढि प्रभावित हुन गरेका छन् ।

भाइरल ज्वरो आएपछि ज्वरोको मात्रा बढी हुनुको साथै टाउको दुख्ने, जोर्नी दुख्ने, रिंगटा लाग्ने, पेट दुख्ने र खानामा रुचि नहुनेजस्ता लक्षण देखा पर्ने डाक्टहरुको भनाइ छ । अहिलेको मौसममा भाइरलको प्रकोप बढ्न सक्ने हुनाले सामान्य ज्वरो आउँदासमेत सजगता अपनाउन जिल्ला अस्पताल बैतडीले आग्रह गरेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage