scheduleशनिवार भाद्र ७ गते, २०७६

जहाँ नागरिकताभन्दा राहदानी लिने धेरै छन् …


पर्वत, ११ साउन । अन्य जिल्लाहरुमा नागरिकता लिने बढी र राहादानी लिने काम हुने गरेको छ । तर, मुस्ताङमा गत आर्थिक वर्ष २०७५/०७६ मा नागरिकता भन्दा बढी राहदानी जारी भएका छन् ।

जिल्ला प्रसासन कार्यालयका अनुसार असार मसान्तसम्म राहदानी सिफारिसका लागि कुल ५ सय ७ जना आएकोमा २ सय ५४ जनाले साधारण राहदानी पाए भने द्रुत राहदानीका लागि २ सय ५३ जनाले सिफारिस प्राप्त गरेका छन् । नयाँ नागरिकता बनाउने भने २ सय ८१ जना छन् ।

यसैवर्ष तिब्बतीयन शरणार्थी ५९ जनाले परिचयपत्र नवीकरण गरेको र १ जनाले नागरिकता परित्याग गरेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । स्थानीय स्तरमा रोजगारका अवसर नहुँदा विदेश जाने मोह बढेका कारण राहदानी लिने बढेको हुनसक्ने बताईएको छ ।

चालू वर्ष जिल्ला प्रशासनले ३३ लाख २७ हजार ३ सय ९८ रुपैयाँ संकलन गरेको छ । संघ संस्था नवीकरण दर्ता, हातहतियार इजाजत तथा नवीकरण, न्यायिक दस्तुर, राहदानी र अन्यबाट राजस्व संकलन भएको प्रअिज क्षेत्रीले जानकारी दिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage