scheduleशनिवार आश्विन ४ गते, २०७६

टुट्यो नेपालको टी-२० विश्वकप सपना, सिंगापुरसँग लज्जास्पद पराजय


काठमाडौं, १२ साउन । नेपालको टी-२० विश्वकप सपना टुटेको छ । सिंगापुरसँग लज्जापद हारसँगै नेपालले ग्लोबल छनोटको यात्रा गर्ने सपना टुटाएको हो ।

आइतबार भएको खेलमा सिंगापुरले नेपाललाई ८२ रनको फराकिलो अन्तर हराएको छ । सिंगापुरले दिएको १९२ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा अलआउट हुँदै केवल १०९ रन जोड्न सक्यो ।

एक सय ९२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा अल आउट हुँदै १ सय ९ रन मात्रै जोडेको हो । नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्लले ३९ रन बनाएका थिए । मल्लले २१ बलमा ४ चौका र ३ छक्कासहित ३९ रन बनाए ।

कप्तान पारस खड्काले १० बलमा १ छक्का र १ चौकासहित १२ रन बनाएर आउट भए । खड्का अम्जाद महबुबको बलमा ठूलो सट खेल्ने क्रममा सुरेन्द्रन चन्द्रमोहनबाट क्याच आउट हुन पुगेका थिए ।शरद भेषवकर ७ रन, रोहित कुमार पौडेल ५ रनमा आउट भए ।

नेपालले ११ औं ओभरमा विनोद भण्डारीलाई ९ र करण केसीलाई शुन्यमा गुमाएको थियो । सोमपाल कामी ११ रनमा रन आउट भए भने सन्दीप लामिछाने डक र दीपेन्द्र सिंह ऐरी २३ रनमा आउट भए ।

नेपाललाई सस्तैमा रोक्न सिंगापुरका विजय कुमारले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए ।

टस जितेर पहिला ब्याटिङमा उत्रेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो । सिंगापुरका लागि टिम डेविडले  ४३ बलमा  ८ चौका र ३ छक्कासहित ७७ रनको महत्वपूर्ण योगदान दिए ।

नेपालका लागि अभिनाष बोहोराले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । करण केसीको नाममा २ विकेट रह्यो । करण केसीले ३ ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।

नेपाललाई हराउँदै च्याम्पियन बनेको सिंगापुर पहिलो पटक ग्लोबल छनोटमा पुगेको छ । ग्लोबल छनोट आगमी अक्टोबरमा यूएईमा हुने छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage