scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

डाइनोसरको विशाल हाड भेट्टियो

एजेन्सी, १२ साउन । जीवजन्तुको अवशेषलाई जमीनबाट उत्खनन गर्ने वैज्ञानिकको एक टोलीले निकै ठूलो सफलता हात पारेको छ ।

लोप भएका जीवजन्तुको अध्ययन गर्ने फान्सका वैज्ञानिकको एक टोलीले भिमकाय डाइनोसरको एउटा विशाल हड्डीसहित विभिन्न अवशेष पत्ता लगाएका छन् । नेशनल म्युजियम अफ नेचरल हिस्ट्रीको एक टोलीले जमिनबाट उक्त हड्डी निकालेका थिए ।

हालै जमीनमुनि भेट्टिएको डाइनोसरको विशाल हाड ६.५ फीट लम्बाई र ५ सय किलोको रहेको छ । उक्त हाड डाइनोसरको जांघको भएको वैज्ञानिकको भनाइ छ ।

यो नयाँ खोजलाई निकै दुर्लभ र महत्वपूर्ण मानिएको छ । अल जजिराका अनुसार डाइनोसरको विशाल हाड फ्रान्सको चारेंटेमा भेट्टिएको हो । उक्त हाड जमीन उत्खनन गर्ने क्रममा २४ जुलाई २०१९ मा भेट्टिएको थियो ।

डाइनोसरको जांघको उक्त हाड १४ करोड वर्ष पुरानो भएको वैज्ञानिकको भनाइ छ । चारेंटेंमा मिलेको डाइनोसरको प्रजाति शाकाहारी भएको समेत उनीहरुले बताएका छन् ।

शाकाहारी प्रजातिको उक्त डाइनोसरलाई सबैभन्दा ठूलो प्रजाति मानिन्छ ।

हालसम्म वैज्ञानिको उक्त टोलीले करिब ७ हजार ५ सय हाड पत्ता लगाइसकेका छन् । ती हड्डी डाइनोसरका विभिन्न ४० प्रजातिको रहेको उनीहरुको भनाइ छ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage