scheduleशनिवार मंसिर २१ गते, २०७६
Bajaj
Global IME Bank

डेढ लाख घुससहित प्रहरी जवान पक्राउ

सुनसरी, १२ साउन । अख्तितयार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका एक जवानलाई घुससहित पक्राउ गरेको छ ।

आइतबार इटहरीस्थित आयोगको शाखा कार्यालयबाट खटिएको टोलीले आइतबार सशस्त्र प्रहरीका एक जवानलाई घुस रकमसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको इनरुवास्थित सशस्त्र प्रहरी बल ४ नं. गणका सशस्त्र प्रहरी जवान बलराम यादव रहेका छन् ।

आयोगले यादवलाई १ लाख ५० हजार रुपौयाँ घुससहित रंगेहात पक्राउ गरेको हो । सेवाग्राहीको सामान सहजीकरण गर्न सेटिङ मिलाउने भन्दै घुस मागेको सूचनाका आधारमा यादवलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage