scheduleशनिवार भाद्र ७ गते, २०७६

सुराकीविरुद्ध जनकारवाही गर्ने विप्लव नेकपाको चेतावनी

काठमाडौं, १२ साउन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बझाङ जिल्लाले आफ्ना नेता, कार्यकर्ता, शुभचिन्तक र समर्थकविरुद्ध सुराकी गर्नेलाई कडा जनकारवाही गर्ने जनाएको छ ।

विप्लव नेकपा बझाङले शनिबार एक विज्ञप्ति निकाल्दै आफ्ना नेता, कार्यकर्ता, शुभचिन्तक र समर्थकविरुद्ध सुराकी गर्नेलाई जनकारवाही गर्ने बताएको हो । जिल्ला इन्चार्ज बिराट र सेक्रेटरी हरिलालको संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्तिमा राजनीतिक नेता कार्यकर्तालाई समेत अपराधीलाई जस्तै दुःख दिने कार्य तत्काल बन्द गर्न ‍भनिएको छ ।

त्यस्तै भ्रष्ट जनप्रतिनिधिले उक्त हर्कत दोहोर्‍याउने प्रयास गरे जिल्ला समितिले जुनसुकै बेला जनकारवाही चेतावनी दिएको छ । सुराकमार्फत प्रहरी प्रशासनले बिना कारण धरपकड गरी झुटा मुद्दा लगाउने कार्य बढेपछि नेकपा बझाङ आक्रोशित बनेको छ ।

‘समर्थक र स्थानीय जनताका घरमा खानतलासी गर्ने, प्रहरी अप्रेसन सञ्चालन गरी सर्वसाधारण जनतालाई आतंकित पार्ने, नेकपा विरुद्ध गलत प्रचार गर्ने र पार्टीमा संलग्न नभएका जनताहरुलाई प्रशासनसम्म पुर्याई आत्मसमर्पण गराउने गरेकोप्रति नेकपा बझाङले खेद प्रकट गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage