scheduleसोमवार मंसिर २३ गते, २०७६
Bajaj
Global IME

हनिमुन मनाउनेक्रममा ज्वालामुखीमा फसे श्रीमान, पत्नीले बचाइन्


एजेन्सी, १२ साउन । हनीमुनको क्रममा निष्क्रिय ज्वालामुखीमा ५० फिट तल खसेका पतिलाई पत्नीले बचाएकी छिन् । पत्नीले लिएको साहसिक कदमको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ ।

घटना हो जुलाई १८ को । फ्लोरिडाका क्ले चेस्ट्यान र उनकी पत्नी एक्यामी हनिमुनका लागि क्यारेबियन सागरस्थित माउन्ट लियमाइगा पर्वतको सेन्ट किट्स पर्वतको पिकलाई रोजे ।

दुवैले ३७ सय मिटरको उचाई पनि चढे । ज्वालामुखी नजिकै पुगेका क्ले त्यहीँ खसे । घटना घट्दा उनीहरु दुई बाहेक अरु कोही थिएनन् । पत्नीले धैर्यता टुट्न दिइनन् र साहस देखाउँदै पहिला पतिलाई बाहिर निकाली र घाइते पतिलाई सहारा दिँदै ३.२ किलोमिटर टाढाको बेस क्याम्पसम्म पुर्‍याइन् ।

क्लेको शरीर र टाउकोका कयौं भागमा चोट लागेको थियो । बेसबाट फोर्ट लोडरडेल र पुन ३२ लाख रुपैयाँमा मेडिकल चार्टर्ड प्लेन बुक गरेर फ्लोरिडा पुर्‍याइन् । उपचारपछि चेस्ट्यान अब खतरामुक्त बनेका छन् ।

उपचारको क्रममा चेस्ट्यान भन्छन्, ‘हामी पहाडमा थियौं । यसैक्रममा ज्वालामुखीको क्रेटरको गहिराईमा रहेको हरियालीले मलाई एकदमै लोभ्यायो । यद्यपि, मलाई गहिराईसँग डर लाग्छ । तर पनि मैले आफूलाई रोक्न सकिनँ र तल झरेँ ।

खुट्टा चिप्लिएर म लडेँ र हिउँको टुक्राजस्तै चट्टानमा ठोक्किन पुगेँ ।

उद्वार गर्न साहस देखाएकी पत्नी भन्छिन्, ‘टाउकोमा चोट लागेपछि क्ले मद्दत माग्दै बेस्करी चिच्याउन थाले । तर, त्यहाँ कोही थिएनन् । न कुनै मोबाइल सेवा थियो । यस्तो अवस्थामा मैले क्लेलाई जसरी पनि सघाएर बेस क्याम्पसम्म लैजानैपर्ने थियो । हामी तीन घण्टामा बेससम्म पुग्यौं ।’

चिकित्सक भन्छन्, ‘चेस्ट्यानको टाउको, नाक र गर्दनमा चोट लागेको छ । टाउकोमा लागेको चोटका कारण रगत धेरै बगेको छ, तर उनको कुनै पनि हड्डी टुटेको छैन । उनी छिट्टै निको हुन्छन् ।’

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage