scheduleमगलवार आश्विन २८ गते, २०७६

पहिरोले कर्णाली राजमार्ग ठप्प, यात्रु अलपत्र

फाइल तस्बिर

काठमाडौं, १२ साउन । अविरल वर्षाका कारण गएको पहिरोले कर्णाली राजमार्ग ठप्प भएको छ ।

कालिकोट जिल्लाको शुभकालिका गाँउपालिका–१ स्थित कालेखोलामा चट्टान फुट्दा ठूलो पहिरो गएको छ । अबिरल वर्षाका कारण कालेखोलामा चट्टानै फुड्दा ठुलो पहिरो गएको हो । पहिरोका कारण कर्णाली राजमार्ग पूर्णरुपमा ठप्प भएको छ ।

सडक डिभिजन कार्यालय जुम्लाले सडक माथिबाट करिब ३५ मिटर पहिरो खसेको जनाएको छ । माथिबाट आएको चट्टानका कारण सडकको तल्लो भाग पूरा भासिएको र पन्छाउन समय लाग्ने जनाइएको छ ।

आइतबार राति कालेखोलामा आएको पहिरोले राजमार्ग अवरुद्ध हुँदा बिहानदेखि कालिकोट दैलेखको सिमाना दही खोलादेखि गगने भीरसम्म र हुल्मदेखि जिते बजारसम्म सवारी साधनहरुको लामा लागेको छ । त्यस्तै यात्रुहरु बीच बाटोमा अलपत्र परेका छन्

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage