scheduleशुक्रवार कार्तिक १ गते, २०७६

६ वर्षीया बालिकाले युट्यूबबाट ८८ करोड कमाएपछि …


सियोल, १२ साउन । दक्षिण कोरियाकी एक ६ वर्षीया बालिका बोरमले आफ्नो दुई युट्युब च्यानबाट ८८ करोड रुपैयाँ कमाएकी छिन् । ती बालिकाले उक्त रकम पाँचवटा गोदाम घर किन्नको लागि खर्च गरेकी छिन् । १९७५ मा शहरको मुख्य बजारमा बनेको उक्त भवनमा २५८ वर्गमिटर क्षेत्रमा बनेको छ । यसको प्रयोग बोरमको परिवारको कम्पनीले गरिरहेको छ ।

बोरमको युट्यूब च्यानलको करिब ३ करोडभन्दा धेरै सब्सक्राइबर छन् । यो पहिला खेलौनाबारे समीक्षा गर्ने च्यानल थियो । यसको १.३६ करोड सब्सक्राइबर छन् । दोस्रो च्यान भिडियो ब्लगको हो । यसको १.७६ करोड सब्सक्राइबर छन् ।

यसबाट बोरमले आफ्नो परिवारको दैनिक जीवनको भिडियो अपलोड गर्छिन् । बोरमको युट्युब च्यानल दक्षिण कोरियामा सबैभन्दा बढी मनपराइएको छ ।

संयुक्तरुपमा यी दुई च्यानहरु दक्षिण कोरियाकै बार्षिकरुपमा सबैभन्दा बढी कमाउने युट्यूब च्यानल बनेका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘म पूरै जिन्दगीमा यति कमाउन सक्दिनँ जति बोरमले एक वर्षमा युट्यूबबाट कमाएकी छिन् ।’

बोरमको भिडियोलाई ३७.६ करोड मानिसले हेरेका छन् । एक क्लिपमा बोरम प्लास्टिकका खेलौनामा तीव्ररुपमा नुडल्स बनाइरहेकी देखिन्छिन् । अचानक नुडल्स क्यामरामा खसाउँछिन् । उक्त भिडियोलाई सबैभन्दा बढी ३७.६ करोड मानिसले हेरेका हुन् ।
२०१७ मा उनले अपलोड गरेको एक क्लिपमा आफूले कसरी बाबुको पर्सबाट पैसा चोर्थेँ भन्ने कुरा खुलाएकी छिन् । लगत्तै उनी कार चलाउने कोशिस गर्छिन् । यसपछि पारिवारिक अदालतमा माता-पितालाई तलब
साल 2017 की एक क्लिप में बोरम बता रही हैं कि वह कैसे पिता के पर्स से पैसे चुराती हैं। इसके बाद कार चलाने की कोशिश करती है। इसके बाद फैमिली कोर्ट ने माता-पितालाई बोलाएर काउन्सिलिङको आदेश दिइन्छ ।

त्यसो त फोर्ब्सका अनुसार गत वर्ष अमेरिकाका ७ वर्षीय रियान काजीले युट्यूबबाट २ करोड ४० लाखभन्दा बढी कमाएको जनाएको छ । युट्यूबमार्फत् कुनैपनि बच्चाले कमाएको सबैभन्दा बढी रकम यही हो । रियानको खेलौनासम्बन्धी च्यानलका २.०८ सब्सक्राइबर रहेका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage