scheduleशुक्रवार माघ १० गते, २०७६

महाकालीमा बहाव बढेपछि सतर्क रहन आग्रह


बैतडी, १२ साउन । भारतको धौलीगंगा बाँध खोलिने भएकाले महाकाली नदी किनारका बासिन्दाहरुलाई सतर्क रहन आग्रह गरिएको छ ।

जिल्ला प्रसासन कार्यालय बैतडी र दार्चुला सुचना जारी गर्दै साउन १३ गते अर्थात सोमबार राती १२ बजेदेखि भारतको धौलीगंगा जलविद्युत परियोजनाले बाँधका ढोका खोल्ने भएकाले महाकाली नदी किनाराका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको हो ।

भारतको तपोवन, धारचुलाको जलविद्युतको सिल्ट फ्लसिङ गरिने भन्दै एनएचपीसी लिमिटेड धौलीगंगा पावरस्टेसन धारचुला पिथौरागढले पत्राचार गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले साउन १४ गते साँझ ६ः४५ बजेसम्म महाकाली नदिको बहाव बढ्ने भएकाले तटीय क्षेत्र जोखिममा रहने दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्टले जानकारी दिए ।

दार्चुलाको व्यास गाउँपालिका, महाकाली नगरपालिका, मालिकाजुर्नन गाउँपालिका र लेकम गाउपालिका महकाली प्रभावित क्षेत्र हुन । महाकालीको जलस्तर बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सूचित गरेको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय