scheduleशनिवार भाद्र ७ गते, २०७६

एन्ड्रोइड फोनमा यसरी गर्न सकिन्छ युट्यूब भिडियो डाउनलोड

स्मार्टफोन त्यतिबेला मात्र खास हुन्छ, जतिबेला स्मार्ट तरिकाले नै चलाउन जानिन्छ । नयाँ नयाँ प्रयोगकर्तालाई मात्र होइन, पूराना प्रयोगकर्ताले पनि यसको फिचर्स बुझेनन् भने स्मार्ट फोन स्मार्ट रहँदैन । जस्तो कि युट्यूब भिडियो जहाँबाट पनि सजिलै चलाउन सकिन्छ । तर सबै ठाउँमा इन्टरनेटको पहुँच नहुनसक्छ । डाउनलोड गरेर फुर्सदमा फुर्सदमा हेर्ने सबैको चाहना हुन्छ । तर कसरी डाउनलोड गर्ने ? सबैलाई थाहा नहुनसक्छ ।


आउनुहोस्, आज हामी स्मार्ट फोनमा युट्यूब डाउनलोड गर्ने तरिकाबारे कुराकानी गर्दछौं ।

 

युट्यूब डाउनलोडर इन्स्टल गर्नुहोस्
कुनै पनि अनलाइन भिडियो डाउनलोड गर्नको लागि त्यसलाई एउटा प्लेटफर्मको आवश्यकता पर्दछ । यसलाई युट्यूब डाउनलोडर भनिन्छ । यो एकप्रकारको एप हो जसलाई मोबाइलमा इन्स्टल गर्नासाथ प्रयोगकर्ताले यसको माध्यमबाट सजिलै भिडियो डाउनलोड गर्न सक्छ ।

 

कसरी गर्ने इन्स्टल
१. सबैभन्दा पहिला एन्ड्रोइड फोनको सेटिङ्ग मेनुमा गएर सेक्युरिटी अप्सन रोज्नुहोस् ।
२. सेक्युरिटी अप्सनमा Unknown sources लाई अन गर्नुहोस् । यो सेटिङ्गले एप इन्स्टल गर्दा मद्दत गर्दछ ।
३. गुगल प्ले स्टोरमा गएर युट्यूब डाउनलोडर एप खोज्नुहोस् र त्यसलाई इन्स्टल गर्नुहोस् ।

 

डाउनलोड भिडियो
तपाईंको स्मार्टफोनमा जब एकपटक युट्यूब डाउनलोडर इन्स्टल हुन्छ, तब तपाई अफिसियल युट्यूब च्यानलबाट कुनै पनि भिडियो डाउनलोड गर्न सक्नुहुन्छ ।

 

कसरी गर्ने डाउनलोड
१. अफिसियल युट्यूब साइटको जुन भिडियो डाउनलोड गर्नुछ, त्यसलाई खोज्नुहोस्
२. भिडियो प्लेयरमा भिडियो प्ले हुनासाथ यसको शिरानतिर शेयरको लोगो देखिन्छ ।
३. त्यसमा ट्याप गर्नासाथ तपाईंको स्क्रीनमा भिडियो फम्र्याट देखिन्छ । जसमा २७०पि–१०८०पि साइजका एपीफोर फाइलहरु हुन्छन् । यसमा फेरि तपाईं आफ्नो आवश्यकता अनुसारको कुनै पनि आकार छानेर डाउनलोड गर्न सक्नुहुन्छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage